गृहपृष्ठ नेप्से सामान्य अंकले घट्यो

नेप्से सामान्य अंकले घट्यो

nepse-tuesday-newskarobar

सेयरबजार परिसूचक नेप्से मंगलबार सामान्य घटेको छ । बैंक, विकास बैंक र लघुवित्तबाहेकका सबै समूह घटेपछि समग्र बजार परिसूचक २.२३ अंकले घटेर १२५८.६६ अंकमा झरेको हो ।

कारोबारमा आएका १७७ कम्पनीका १२ लाख २६ हजार ६८६ कित्ता सेयर ३५ करोड ९४ लाख ११ हजार ३०५ रुपैयाँमा किनबेच भएको छ । सोमबार ४० करोड रुपैयाँबराबरको सेयर कारोबार भएको थियो । ‘क’ वर्गको कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.०३ अंकले बढेको छ ।

गुराँस लघुवित्त वित्तीय संस्था र गणपति लघुवित्तका लगानीकर्ताले ६ प्रतिशतभन्दा बढीले कमाएका छन् । समता माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा धेरै घटेको छ ।

प्रकाशित समय १७:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु