गृहपृष्ठ सेयर बजार ५ अंकले बढ्यो, कारोबारमा ७ करोड वृद्धि
सेयर बजार ५ अंकले बढ्यो, कारोबारमा ७ करोड वृद्धि
सेयर बजार परिसूचक साताको अन्तिम दिन बिहीबार बढेको छ । वित्त, निर्जीवन बिमा र उत्पादनमूलक समूहबाहेक अन्य सबै समूह बढेपछि समग्र बजार परिसूचक ५.९ अंकले उकालो लागेको हो ।
नेप्सेसँगै कारोबार रकममा पनि सुधार आएको छ । बिहीबार १७१ कम्पनीको ३७ करोड ५३ लाख रुपैयाँबराबरको १३ लाख ७५ हजार ५४१ कित्ता सेयर किनबेच भएको हो । यो कारोबार रकम हिजोको तुलनामा ७ करोड धेरै हो । बुधबार ३० करोडबराबरको सेयर कारोबार भएको थियो ।
बिहीबार शिवम सिमेन्टको सबैभन्दा धेरै ३ करोडको कारोबार भएको छ भने गुराँस लघुवित्त र मल्टीपर्पोज फाइनान्सका लगानीकर्ताको सम्पत्ति ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।
प्रकाशित समय २२:३७ बजे

















