गृहपृष्ठ नेप्से बढ्यो, कारोबार सुस्तायो

नेप्से बढ्यो, कारोबार सुस्तायो

monday nepse-newskarobar.com

सेयर बजार नेप्से सोमबार सामान्य अंकले बढे पनि कारोबार रकममा भने कुनै उत्साह आउन सकेन । लगातार दुई दिनदेखि ओरालो लागेको नेप्से परिसूचक सोमबार २.४८ अंकले बढे ेपनि कारोबार रकम भने ३१ करोडमा सीमित भएको छ । सामान्य अंकले बढेको नेप्से परिसूचक १२७१.२३ अंकमा बन्द हुँदा बैंकिङ, होटल, विकास बैंकसहित पाँच उपसमूहको परिसूचक बढेको छ ।

कारोबारमा आएका १६६ कम्पनीको १ लाख ८४ हजार ५५३ कित्ता सेयर ३१ करोड ६६ लाख ४३ हजार ४२१ रुपैयाँमा सेयर किनबेच भएको छ । आइतबारको तुलनामा सोमबार भने कारोबार रकममा सामान्य वृद्धि भएको हो । आइतबार ३.७५ अंकले ओरालो लागेको बजारमा २९ करोड ८१ लाख ५७ हजार ११६ रुपैयाँको मात्रै कारोबार भएको थियो । गत साताको अन्तिम दिन बिहीबार ४१ करोडको सेयर किनबेच भएको थियो ।

सेयबजारमा हरियाली छाउँदा ७९ कम्पनीले कमाएका छन् भने १०६ कम्पनीले गुमाएका छन् । कारोबारका आधारमा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स अगाडि छ ।

प्रकाशित समय १७:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु