गृहपृष्ठ भारतले पठायो चन्द्रयान-२, चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने

भारतले पठायो चन्द्रयान-२, चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने

chandrayaan-2-newskarobar

भारतले चन्द्रमामा अन्तरिक्ष यान ‘चन्द्रयान–२’ पठाएको छ । भारतको अन्तरिक्ष अनुसन्धान संगठन इसरोले सोमबार स्थानीय समयअनुसार दिउँसो २:४३  बजे चन्द्रयान–२ पठाएको हो ।

जुलाई १५ मै चन्द्रयान–२ चन्द्रमामा पठाउने तयारी भए पनि अन्तिम समयमा प्राविधिक कारणले रोकिएको थियो । यो मिसनमा चन्द्रयान-२ ले अपरिचित दक्षिणी ध्रुवमा सेप्टेम्बर पहिलो साता अवतरण गर्नेछ । चन्द्रमाको जटिल मानिएको त्यो क्षेत्रमा (अहलेसम्म कुनै पनि देशका यान पुगेका छैनन्) पानी तथा जीव फेला पर्नसक्ने वैज्ञानिकको अनुमान छ ।

चन्द्रयान–१ को सफलतापछि इसरोले चन्द्रयान–२ मा काम थालेको थियो । भारतीय अन्तरिक्ष कार्यक्रमका लागि यसलाई निकै महत्वपूर्ण मानिएको छ । भारतले मिसनको रुपमा पठाएको यानको नामा ‘विक्रम’ दिइएको छ भने रोबरको नाम प्रज्ञान राखिएको छ ।

प्रकाशित समय १७:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु