गृहपृष्ठ धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाद्वारा पदबहाली

धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाद्वारा पदबहाली

नेपाल धितोपत्र बोर्डको अध्यक्ष भिष्मराज ढुंगानाले पदबहाली गरेका छन् ।

शुक्रबार पदबहालीसँगै उनले सेयर बजारमा सुधार गर्ने बताए । पुँजीबजारको विकासका लागि सबै निकायसँग समन्वय गर्ने बताए ।

गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकलेबोर्ड अध्यक्षमा नियुक्त गरेका ढुंगानाले पदबहाली गर्दै भने, ‘सेयर लगानीकर्तासँगको समन्वयमा लगानीकर्तालाई जागरुक गर्ने, प्रविधिको प्रयोग गर्दै पुँजी बजारमा लगानीलाई सहज बनाउने मेरो पहिलो उद्देश्य रहेको छ ।

प्रकाशित समय १४:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु