गृहपृष्ठ अजोड इन्स्योरेन्सको आईपीओ आज ३ बजे बाँडफाँड
अजोड इन्स्योरेन्सको आईपीओ आज ३ बजे बाँडफाँड
अजोड इन्स्योरेन्सको साधारण सेयर (आईपीओ) साउन २ गते दिउँसो बाँडफाँड हुने भएको छ । सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले निष्कासन बन्द गरेको चार दिनमै आइपिओ बाँडफाँड गर्न लागेको हो ।
एनआईबीएल एस क्यापिटलले कम्पनीले ३० करोड रुपैयाँबराबरको ३० लाख कित्ता आईपीओ बिक्रीमा राखेको थियो । आईपीओमा ४ लाख ८४ हजार ४९८ आवेदनबाट १ करोड ७२ लाख १५ हजार ४९० कित्ता सेयर माग भएको छ । जसमध्ये गोलाप्रथाबाट २ लाख ७३ हजार आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन् भने २ लाख ११ हजार ४ सय ९८ आवेदकले पाउने छैनन् ।
हाल कम्पनीको चुक्ता पुँजी ७० करोड रुपैयाँ छ । आईपीओ बाँडफाँडपश्चात चुक्ता पुँजी एक अर्ब रुपैयाँ नाघ्नेछ ।
प्रकाशित समय १२:०४ बजे

















