गृहपृष्ठ एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्टको आईपीओ बाँडफाँड, हेर्नुहोस् नतिजा
एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्टको आईपीओ बाँडफाँड, हेर्नुहोस् नतिजा
एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्टले सर्वसाधारणमा बिक्री गरेको करिब ३४ करोड रुपैयाँबराबरको आईपीओ बाँडफाँड गरेको छ । सानिमा क्यापिटलको कार्यालयमा आज बिहान कम्पनीको आईपीओ बाँडफाँड गरिएको हो ।
आइपीओमा ४ लाख १७ हजार ९५८ जना आवेदकबाट १ अर्ब ५३ करोड रुपैयाँबराबरको आवेदन परेकोमा ३ लाख २० हजार ६१४ जना आवेदकले गोला प्रथाबाट १० कित्ताका दरले सेयर पाएका छन् भने ९७ हजार ३४४ जनाले नपाएको सानिमा क्यापिटलले जनाएको छ । कम्पनीले प्रतिकित्ता १०० अंकित दरको ३३ लाख ९८ हजार ४६ कित्ता साधारण सेयर निष्कासन गरेको थियो ।
नतिजा हेर्न यहाँ क्लिक गर्नुहोला ।
सानिमा क्यापिटलको वेबसाइट डाउन भएकाले रिजल्ट अवरुद्ध भएको जानकारी गराउँछु । केहीबेरपछि हेर्नसक्नु हुनेछ ।
प्रकाशित समय ११:०६ बजे

















