गृहपृष्ठ निषेधाज्ञाले सेयर बजार प्रभावित, कारोबार ३९ करोडमा सीमित
निषेधाज्ञाले सेयर बजार प्रभावित, कारोबार ३९ करोडमा सीमित
सेयर बजारमा निषेधाज्ञाको प्रभाव नराम्ररी परेको छ । साताको अन्तिम कारोबार हुने दिन बिहीबार नेप्से परिसूचक ६ अंकले बढे पनि कारोबार रकम भने ३९ करोडमा सीमित भएको हो ।
होटल र म्युचुअल फन्डबाहेकका सबै समूह उकालो लागेपछि नेप्से परिसूचक भने ६.२८ अंकले बढेर १३९७.५७ अंकमा पुगेको छ । बिहीबार १८२ कम्पनीको १२ लाख १४ हजार ५१२ कित्ता सेयर ३९ करोड ३१ लाख रूपैयाँबराबरमा किनबेच भएको छ ।
सरकारले कोरोना संक्रमण उच्च भएपछि मंगलबार नै उपत्यकामा निषेधाज्ञाको निर्णय लिएको लियो । त्यसको असर बुधबारको सेयर बजारमा परेको थियो । बुधबार नेप्से परिसूचक १६.६ अंकले घट्यो भने कारोबार रकम पनि १ अर्ब रुपैयाँभन्दा तल झरेको थियो । बुधबार १८५ वटा कम्पनीको २४ लाख ७४ हजार कित्ता सेयर ९७ करोड ६२ लाख रुपैयाँमा खरिद‑बिक्री भयो, तीमध्ये १३० वटा कम्पनीको सेयर मूल्य ओरालो लागेको थियो ।
कोरोना संक्रमण तीव्र गतिमा फैलिँदै नियन्त्रणबाहिर गएपछि सरकारले मंगलबार उपत्यकाका तीन जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरमा भदौ ३ गते राति १२ बजेदेखि लागू हुने गरी निधेषाज्ञा लगाएको छ । भदौ १० गतेसम्मका लागि निशेषाज्ञा लगाइएकोमा अत्यावश्यक सेवामा भने कुनै अवरोध हुने छैन ।
प्रकाशित समय १५:१९ बजे

















