गृहपृष्ठ सानिमा जनरल इन्स्योरेन्सको आईपीओमा असोज २१ गतेदेखि आवेदन दिन सकिने

सानिमा जनरल इन्स्योरेन्सको आईपीओमा असोज २१ गतेदेखि आवेदन दिन सकिने

सानिमा जनरल इन्स्योरेन्सले निष्कासन गर्न लागेको प्राथमिक सेयर (आईपीओ)मा असोज २१ गतेदेखि आवेदन दिन मिल्ने भएको छ । कम्पनीले असोज २१ गतेदेखि प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँको ३० लाख कित्ता अर्थात् ३० करोड रुपैयाँबराबरको आईपीओ बिक्री गर्न लागेको हो ।

कुल ३० लाख कित्ता साधारण सेयरमध्ये ५ प्रतिशत अर्थात् एक लाख ५० हजार कित्ता सामूहिक लगानी कोष र ४ प्रतिशत अर्थात् एक लाख २० हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ । बाँकी २७ लाख ३० हजार कित्ताका लागि सर्वसाधारणमा बिक्री गरिने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आईपीओ बाँडफाँडपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब रुपैयाँ पुग्नेछ ।

बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलका अनुसार आईपीओको निष्कासन बन्द छिटोमा असोज २५ गते बैंकिङ समयपश्चात् हुनेछ । लेखा परीक्षण हुन बाँकी वित्तीय विवरणअनुसार गत आर्थिक वर्ष २०७६/२०७७ मा कम्पनीको प्रतिसेयर नेटवर्थ १०६.३५ रुपैयाँ र प्रतिसेयर आम्दानी २.६६ रुपैयाँ छ ।

प्रकाशित समय १७:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु