गृहपृष्ठ बिहीबार १० अंकले बढ्यो सेयर बजार, चार अर्बको कारोबार

बिहीबार १० अंकले बढ्यो सेयर बजार, चार अर्बको कारोबार

बिहीबार नेपाल स्कट एक्सचेञ्ज (नेप्से) १० अंकले बढेको छ । मंगलबारदेखि निरन्तर उकालो लागेको सेयर बजार आज एक हजार ७१८.४९ अंकमा पुगेको छ ।

आज १९८ कम्पनीको एक करोड ३८ लाख कित्ता चार अर्ब ८२ करोड ६२ लाख रुपैयाँमा किनबेच भएको छ । बुधबार पनि वित्तीयबाहेकका सबै समूह सकारात्मक बनेपछि २८.८९ अंकले बढेको थियो भने १९५ कम्पनीको एक करोड २५ लाख कित्ता सेयर ४ अर्ब ९ करोड ९६ लाख रुपैयाँ बराबरको किनबेच भएको थियो ।

आज बैंक, व्यवसाय, निर्जीवन बिमा, अन्य र म्याचुअल फन्टबाहेकका सात वटा उपसमूहहरुको कारोबार झिनो घटेको देखिन्छ । आज व्यवसायमा ९.९८ प्रतिशतले बढेको छ । त्यस्तै अन्य समूहमा पनि २.२६ प्रतिशतले बढेको छ ।

प्रकाशित समय १६:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु