गृहपृष्ठ माउन्टेन इनर्जीको सेयर रजिस्ट्रारमा एनआईबीएल एस क्यापिटल नियुक्त

माउन्टेन इनर्जीको सेयर रजिस्ट्रारमा एनआईबीएल एस क्यापिटल नियुक्त

माउन्टेन इनर्जी नेपालको सेयर रजिस्ट्रारमा एनआईबीएल एस क्यापिटल नियुक्त भएको छ । हालै मात्र सर्वसाधारण सेयर निष्कासन भई बाँडफाँड गर्न बाँकी रहेको माउन्टेन इनर्जीले सेयरधनीको सेयर दाखिल खारेजलगायतका सेयरसँग सम्बन्धित सबै काम गर्न एनआईबीएल एस क्यापिटललाई सेयर रजिस्ट्रार नियुक्त गरेको हो ।

मंसिर ४ गते माउन्टेन इनर्जी र एनआईबीएल एस क्यापिटलबीच सेयर रजिस्ट्रार नियुक्ति गर्नेसम्बन्धी सम्झौता भइसकेको छ । अब कम्पनीका सेयर बाँडफाँड भई सीडीएस एन्ड क्लियरिङमा अभौतिकीकरण गर्ने तथा नेपाल स्टक एक्सचेजमा सूचीकरणपश्चात् बाँडफाँडमा परेका सेयरधनीको सेयर हितग्राही खातामा जम्मा गर्नेलगायतका सेयर रजिस्ट्रारको हैसियतले गर्नुपर्ने सम्पूर्ण काम एनआईबीएल एस क्यापिटलबाट हुनेछ । सम्झौतापत्रमा माउन्टेन इनर्जीका सञ्चालक डोलराज शर्मा र एनआईबीएल एस क्यापिटलका नायब प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापाले हस्ताक्षर गरेका छन् ।

प्रकाशित समय १५:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु