गृहपृष्ठ एनआईबीएल एस क्यापिटलबाट डिम्याट खाता र मेरो शेयर दर्ता निःशुल्क
एनआईबीएल एस क्यापिटलबाट डिम्याट खाता र मेरो शेयर दर्ता निःशुल्क
नेपाल इन्भेस्टमेन्ट बैंकको स्वामित्वमा रहेको एनआईबीएल एस क्याप्टिलले डिम्याट खाता र मेरो सेयर दर्ता निःशुल्क सुरु गरेको छ । कम्पनीले पुस १ गतेबाट लागू हुने गरी निःशुल्क सेवा सुरु गरेको हो ।
सीमित अवधिको योजना भएकाले आजकै मितिबाट एनआईबीएल एस क्याप्टिल लाजिम्पाट तथा अन्य शाखा कार्यालय र नेपाल इन्भेस्टमेन्ट बैंकका देशभरका कुनै पनि शाखा कार्यालयबाट निःशुल्क डिम्याट खाता खोली मेरो सेयर पनि दर्ता गर्न सकिने कम्पनीो जनाएको छ । कम्पनीले एकै दिनमा डिम्याट खाता तथा मेरो सेयर दर्ता प्रदान गर्ने प्रतिबद्धतासमेत जनाएको छ ।
प्रकाशित समय २१:२३ बजे

















