गृहपृष्ठ एनसीसी बैँकको लाभांश घोषणा

एनसीसी बैँकको लाभांश घोषणा

NCC_BANK_newskarobar

नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैँकले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ । पुस ३ गते बसेको बैँक सञ्चालक समिति बैठकले सेयरधनीलाई १०.८१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैठकले गत वर्षको नाफाबाट चुक्ता पुँजीको १० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५४०५ प्रतिशत नगद गरी १०.८१ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । सञ्चालक समितिको प्रस्तावलाई नेपाल राष्ट्र बैँकले स्वीकृत तथा बैँकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि वितरण हुनेछ । हाल प्रस्तावित लाभांश अघिल्लो आवको तुलनामा करिब ५ प्रतिशतले कम हो । बैँकले अघिल्लो वर्ष सेयरधनीलाई १५.७८ प्रतिशत लाभांश (१५ प्रतिशत बोनस र ०.७८ प्रतिशत नगद) वितरण गरेको थियो ।

प्रकाशित समय १९:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु