गृहपृष्ठ नेपाल लाइफ इन्स्योरेसन्सद्वारा ५१ प्रतिशत लाभांश प्रस्ताव, एक वर्षको अझै बाँकी
नेपाल लाइफ इन्स्योरेसन्सद्वारा ५१ प्रतिशत लाभांश प्रस्ताव, एक वर्षको अझै बाँकी
नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिले अघिल्लो वर्षको नाफाबाट सेयरधनीलाई ५१ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । गत वर्ष २०७६/७७ नाफाबाट कम्पनीले लाभांश वितरण गर्नै बाँकी छ ।
पुस ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई ३१ प्रतिशत बोनस र २० प्रतिशत नगद गरी ५१ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । उक्त प्रस्ताव बिमा समितिबाट स्वीकृत तथा कम्पनीको वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ । हाल कम्पनीको चुक्ता पुँजी ५ अर्ब ४९ करोड रुपैयाँ छ । बोनस वितरणपछि कम्पनीको चुक्ता पुँजी ७ अर्ब १९ करोड रुपैयाँ नाघ्नेछ ।
प्रस्तावित लाभांश आव २०७४/७५ को तुलनामा केही बढी हो । कम्पनीले आव २०७४/७५ को नाफाबाट सेयरधनीलाई २५ प्रतिशत र २३.५ प्रतिशत नगद वितरण गरेको थियो ।
प्रकाशित समय १३:३४ बजे

















