गृहपृष्ठ चन्द्रागिरि हिल्सको आईपीओ बाँडफाँट आज

चन्द्रागिरि हिल्सको आईपीओ बाँडफाँट आज

चन्द्रागिरि हिल्सले स्थानीय बासिन्दालाई बिक्री गरेको साधारण सेयर आज बाँडफाँट गर्ने भएको छ । कम्पनीले मंसिर १७ गतेदेखि निष्कासन गरेको प्रतिकित्ता १०० अंकित मूल्यका ३ लाख ६ हजार ८१९ कित्ता साधारण सेयर आज बाँडफाँट गर्न लागेको हो ।

दिउँसो ३ बजे कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालय नक्सालमा सेयर बाँडफाँट हुनेछ । कम्पनीले आयोजना प्रभावित क्षेत्र काठमाडौँ जिल्लाअन्तर्गत चन्द्रगिरि नगरपालिका ३, ४, ६ र ७ (साविक थानकोट गाविसका सम्पूर्ण वडा र साविक महादेवस्थान गाविस ३, ४, ५, ६, ७ र ८) एवं मकवानपुर जिल्लाअन्तर्गत थाहा नगरपालिका ९ र १० (साविक चित्लाङ गाविसका सम्पूर्ण वडा) र इन्द्रसरोवर गाउँपालिका ५ (साविक फाखेल गाविसका सम्पूर्ण वडा) मा स्थायी बसोबास गर्ने नेपाली नागरिकका लागि सेयर निष्कासन गरेको थियो ।

प्रकाशित समय १२:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु