गृहपृष्ठ नारायणी डेभलपमेन्ट बैंकले शतप्रतिशत हकप्रद जारी गर्ने

नारायणी डेभलपमेन्ट बैंकले शतप्रतिशत हकप्रद जारी गर्ने

नारायणी डेभलपमेन्ट बैंकले शतप्रतिशत हकप्रद सेयर निष्काशनका लागि अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले सोमबार बैंकलाई हकप्रद सेयर जारी गर्न अनुमति दिएको हो ।

बोर्डबाट अनुमति पाएसँगै बैंकले ६ करोड ५६ लाख १६ हजार ९ सय रुपैयाँबराबरको हकप्रद सेयर निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ । बैंकले चुक्ता पुँजीको शतप्रतिशत अर्थात एक सय रुपैयाँ अंकित दरको ६ लाख ५६ हजार १६९ कित्ता हकप्रद सेयर जारी गर्नेछ । त्यसका लागि बैँकले सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटललाई नियुक्त गरिसकेको छ ।

प्रकाशित समय ०७:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु