गृहपृष्ठ नेपाल बंगलादेश बैँकको लाभांश पारित

नेपाल बंगलादेश बैँकको लाभांश पारित

नेपाल बंगलादेश बैँकको प्रस्तावित लाभांश पारित भएको छ । पुस २६ गते सम्पन्न बैँकको २६औँ वार्षिक साधारण सभाले सञ्चालक समितिबाट प्रस्तावित तथा राष्ट्र बैँकबाट स्वीकृत ८.४२ प्रतिशत लाभांश पारित गरेको हो ।

साधारण सभाले पारित गरेसँगै सेयरधनीले आर्थिक वर्ष २०७६/०७७ को नाफा रकमबाट २०७७ असार मसान्तमा कायम रहेको चुक्ता पुँजीको २.४२ प्रतिशत नगद तथा ६ प्रतिशत बोनस गरी ८.४२ प्रतिशत लाभांश पाउने भएका छन् ।

साधारण सभाबाट प्रबन्धपत्र संशोधन गरी अधिकृत पुँजी १५ अर्ब पु‑याउने र जारी तथा चुक्ता पुँजीमा बोनस सेयर जारी भएअनुरूप समसामयिक संशोधन गर्ने प्रस्तावसमेत सर्वसम्मतिले पारित भएको छ ।

प्रकाशित समय ०८:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु