गृहपृष्ठ सिभिल बैँकको लाभांश घोषणा

सिभिल बैँकको लाभांश घोषणा

सिभिल बैँकले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट लाभांश घोषणा गरेको छ । बैँकको पुस २७ गते बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैठकले सेयरधनीलाई चुक्ता पुँजीको ८ प्रतिशत बोनस र ०.४२ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरी ८.४२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । सञ्चालक समितिको प्रस्ताव नेपाल राष्ट्र बैँकबाट स्वीकृत तथा बैँकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

प्रस्तावित लाभांश दुई वर्षयताकै उच्च हो । बैँकले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट ६.५७ प्रतिशत लाभांश (नगद) वितरण गरेको थियो भने २०७४/७५ को नाफाबाट ४.०५ प्रतिशत लाभांश (नगद) वितरण गरेको थियो । आर्थिक वर्ष २०७३/७४ को नाफाबाट भने सेयरधनीले १०.७९ प्रतिशत लाभांश पाएका थिए ।

प्रकाशित समय ०६:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु