गृहपृष्ठ हिमालयन बैँकको २० प्रतिशत लाभांश पारित

हिमालयन बैँकको २० प्रतिशत लाभांश पारित

हिमालयन बैँक वार्षिक साधारण सभाबाट २० प्रतिशत लाभांश पारित भएको छ । पुस २७ गते सम्पन्न बैँकको वार्षिक साधारण सभाले सेयरधनीलाई १४ प्रतिशत बोनस र ६ प्रतिशत नगद (करसहित) गरी २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

बैँकले देशभरका ७० शाखा, चार विस्तारित काउन्टर, १४६ एटीएम र ४ हजार २ सयभन्दा बढी पीओएस टर्मिनलबाट सेवा प्रदान गर्दै आएको छ । हिमालयन बैँक र नेपाल इन्भेस्टमेन्ट बैँकबीच मर्जरका लागि छलफल चलिरहेको छ ।

प्रकाशित समय ०७:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु