गृहपृष्ठ प्रिमियर इन्स्योरेन्सले घोषणा गर्यो नगद लाभांश
प्रिमियर इन्स्योरेन्सले घोषणा गर्यो नगद लाभांश
प्रिमियर इन्स्योरेन्स कम्पनीले नगद लाभांश घोषणा गरेको छ । कम्पनीको पुस २७ गते बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई ११.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
सञ्चालक समितिको प्रस्ताव बिमा समितिको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीलाई ८४ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।
प्रकाशित समय १६:५४ बजे

















