गृहपृष्ठ धितोपत्र बोर्डले भन्यो– हल्लाको पछाडि लागेर सेयर नकिन्नुस्

धितोपत्र बोर्डले भन्यो– हल्लाको पछाडि लागेर सेयर नकिन्नुस्

dhitopatra-board-newskarobar

नेपाल धितोपत्र बोर्डले हल्लाका भरमा सेयर बजारमा लगानी नगर्न लगानीकर्तालार्इ सचेत गराएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले पूर्ण स्वचालित अनलाइन सेयर कारोबार प्रणाली कात्तिक २० गतेदेखि कार्यान्वयनमा ल्याउने तयारी गरिरहेका बेला बोर्डले विज्ञप्ति जारी गरी लगानीकर्तालार्इ सचेत गराएको हो ।

बोर्डले बजारको वर्तमान अवस्थालाई दृष्टिगत गर्दै सतर्कता अपनाएर लगानी गर्न सुझाव दिएको छ । पूर्ण स्वचालित अनलाइन प्रणाली कार्यान्वयनलगायत दर्जनौं बजार सुधारका कार्यक्रम सञ्चालन गरिरहेको सन्दर्भ जोड्दै धितोपत्र बोर्डले धितोपत्र खरिद–बिक्रीसम्बन्धी निर्णय गर्दा सम्बन्धित क्षेत्र, उद्योग तथा कम्पनीको अवस्थाबारे आधारभूत र प्राविधिक विश्लेषणसहित आवश्यक जानकारी लिन र हल्लाको पछाडि नदौडन आग्रह गरेको हो । देशको समष्टिगत आर्थिक अवस्था तथा सूचीकृत कम्पनीहरुको वित्तीय अवस्था भने सन्तोषजनक रहेको बोर्डका प्रवक्ता निरज गिरीद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ ।

बोर्डले पुँजीबजारमा अन्यौलको रुपमा रहेको भ्याटको समस्यालाई समधान गरिएको, पुँजीबजारमा उत्पादनमूलक क्षेत्रलाई प्रोत्साहन गर्न नीतिगत रुपमा ५० करोड रुपैयाँ वा सोभन्दा बढी चुक्ता पुँजी भएको प्राइभेट कम्पनीलाई पब्लिकमा जान प्रोत्साहन गर्न तीन वर्षका लागि आयकरमा १० प्रतिशत छुट दिने व्यवस्था गरिएको लगायतका विषय उल्लेख गरेको छ ।

यस्तै, एक अर्ब वा सोभन्दा बढी पुँजी भएका कम्पनीलाई पब्लिकमा रुपान्तरण भई पुँजीबजारमा सूचीकृत हुनुपर्ने व्यवस्था गरी बैंक तथा वित्तीय संस्थाको बाहुल्य रहेको धितोपत्र बजारमा क्षेत्रगत जोखिमलाई कम गर्ने प्रयास गरिएको समेत बोर्डले जनाएको छ । विज्ञप्तिमा भनिएको छ– धितोपत्र शुल्कमा कटौती गरी लगानीकर्तामैत्री बनाई वैकल्पिक लगानी कोषको नियमावलीमार्फत प्राइभेट इक्युटी, भेन्चर फन्ड र हेज फन्ड प्रवेश गराई कम्पनीहरूलाई चाहिने दीर्घकालीन कोषको व्यवस्था गर्न लागिएको छ ।

नेपाल सरकार र बोर्डले धितोपत्रले प्राथमिक र दोस्रो बजार विकास तथा सुधारका विभिन्न कार्य अगाडि बढाइरहेको बोर्डले उल्लेख गरेको छ ।

प्रकाशित समय २०:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु