गृहपृष्ठ नेप्से सामान्य घट्यो, कारोबार रकम बढ्यो

नेप्से सामान्य घट्यो, कारोबार रकम बढ्यो

share-bazar-thursday-newskarobar

साताको अन्तिम दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) सामान्य घटेको छ । होटल, विकास बैंक, वित्त, निर्जीवन कम्पनी, लघुवित्त र लाइफ इन्स्योरेन्स समूह उकालो लागे पनि बैंक, जलविद्युत, उत्पादनमूलक र अन्य समूह नकारात्मक बनेपछि समग्र बजार परिसूचक ०.४८ अंकले घटेर १२२०.९८ अंकमा झरेको छ ।

नेप्से घटे पनि कारोबार रकम भने बढ्यो । बिहीबार १६० कम्पनीको ७ लाख ८२ हजार २९ कित्ता सेयर २४ करोड ६७ लाख रुपैयाँमा किनबेच भएको छ । बुधबार १६ करोड ७५ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको थियो ।

प्रकाशित समय २०:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु