गृहपृष्ठ सेयर बजार १० अंकले बढ्यो

सेयर बजार १० अंकले बढ्यो

share-bazar-sunday23-newskarobar

सेयर बजार परिसूचक नेप्से आइतबार १० अंकले बढेको छ । कारोबार सुरु भएदेखि स्थिर देखिएको बजार अन्तिम आधा घण्टामा १०.८५ अंकले बढेर ११३१.७० अंकमा पुगेको हो ।

आइतबार वित्त र उत्पादनमूलकबाहेकका सबै समूह बढेका छन् । बैंक समूह सबैभन्दा धेरै १.३७ प्रतिशतले बढेको छ । सेयर बजार बढे पनि कारोबार रकम भने ओरालो लागेको छ । आइतबार १५५ कम्पनीको २२ करोड ३७ लाख रुपैयाँबराबरको ७ लाख १४ हजार ६१८ कित्ता सेयर किनबेच भएको छ । यो रकम गत साताको अन्तिम कारोबार हुने दिन बिहीबारको भन्दा १५ करोड कम हो । बिहीबार ३७ करोड ९ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।

बढेको बजारमा मिर्मिरे लघुवित्त, वरुण हाइड्रोपावर, एनआईसी एसियालगायत कम्पनीका लगानीकर्ताले कमाएका छन् भने लक्ष्मी इक्विटी फन्ड, लक्ष्मी लघुवित्त, मिथिला लघुवित्तलगायत कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

प्रकाशित समय २०:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु