गृहपृष्ठ सेयर बजार ३ अंक घट्यो
सेयर बजार ३ अंक घट्यो
सेयर बजार परिसूचक (नेप्से) मंगलबार सामान्य घटेको छ । आइतबार १० अंक र सोमबार १२ अंकले बढेको सेयर बजार अल्पकालीन लगानीकर्ताका कारण मंगलबार ३.०८ अंकले घटेको हो ।
नेप्सेसँगै कारोबार रकम पनि ओरालो लागेको छ । सोमबार झन्डै आधा अर्बको कारोबार भएको बजारमा मंगलबार १६४ कम्पनीको ३८ करोड ३२ लाख रुपैयाँबराबरको १२ लाख ८६ हजार ५७५ कित्ता सेयर किनबेच भएको हो ।
घटेको बजारमा पनि गुह्येश्वरी मर्चेन्ट बैंक एन्ड फाइनान्स, प्रोग्रेसिब फाइनान्स, आरम्भ माइक्रोफाइनान्स, सेन्ट्रल फाइनान्सलगायत कम्पनीको सेयर बढेको छ ।
प्रकाशित समय १५:४६ बजे

















