गृहपृष्ठ पाँचै दिन घट्यो सेयर बजार
पाँचै दिन घट्यो सेयर बजार
सेयर बजार साताका पाँच दिन नै घटेको छ । आइतबार १२१५.१६ अंकबाट कारोबार सुरु भएको बजार लगातार घटेर अन्तिम दिन बिहीबार ११७८.८७ अंकमा झरेको छ । साताभरमा बजार ३६.२९ अंकले ओरालो लागेकोे हो । गत साता बजार ५० अंक उक्लिएको थियो ।
बिहीबार बजार सामान्य अंकले घटेको छ । बिहीबार होटल, वित्त, निर्जीवन बिमा, अन्य, लघुवित्त र जीवन बिमा समूह बढे पनि बैंक, विकास बैंक र जलविद्युत समूह ओरालो लागेपछि समग्र बजार परिसूचक नकारात्मक बन्यो ।
नेप्से परिसूचक घटे पनि कारोबार रकम भने सामान्य बढेको छ । बिहीबार १५८ कम्पनीको २७ करोड ६९ लाख रुपैयाँबराबरको ७ लाख ९७ हजार ६१३ कित्ता सेयर खरिद बिक्री भएको छ । बुधबार २५ करोड ७६ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको थियो ।
प्रकाशित समय १७:२७ बजे

















