गृहपृष्ठ सरकारको अनुमतिबिनै सगरमाथामा ‘स्काइ डाइभिङ’

सरकारको अनुमतिबिनै सगरमाथामा ‘स्काइ डाइभिङ’

skyjump_Newskarobar

विश्वकै सर्वोच्च शिखर सगरमाथा विश्वभरिकै साहसिक खेलप्रेमीहरूका लागि आकर्षणको केन्द्र रहँदै आएको छ । विगत केही वर्षयता नेपाल सरकारको अनुमतिबिना नै सगरमाथामा स्काइ डाइभिङजस्तो जोखिमपूर्ण खेलसमेत खेलाउने गरेको पाइएको छ ।

‘एभरेष्ट स्काइ डाइभिङ’ नामक कम्पनीले गृष्म ऋतुको आरोहणका नाममा प्रति डाइभर २५ हजार अमेरिकी डलरको प्याकेजमा यो खेल चलाउने गरेको हो । ब्लुमबर्ग समाचार एजेन्सीका अनुसार उक्त कम्पनीले विगत २५ वर्षदेखि सगरमाथाबाट स्काइ डाइभिङ गराउँदै आएको छ ।

नेपालतर्फबाट ११ दिनको ट्रेकिङ प्याकेजसहित सगरमाथाबाट स्काइ डाइभिङ गराइने जनाइएको छ । उक्त कम्पनीमार्फत् हालसम्म २०० जनाले सगरमाथाबाट स्काइजम्प गरिसकेको भन्दै सगरमाथाबाट हाम फाल्नुको अकै आनन्द हुने दाबी गरिएको छ ।

लुक्ला र स्याङबोचे विमानस्थलसम्म विमानमार्फत् पुगेर, त्यहाँबाट ट्रेकिङबाट सगरमाथा र आमादक्बमका क्याम्पसम्म जाने, हेलिकप्टरबाट स्काइ डाइभिङ गर्ने विकल्पसहित कम्पनीले प्याकेज बेचेको हो ।

विभिन्न अन्तर्राष्ट्रिय कम्पनीहरूले समेत आफ्नो साहसिक खेल अनुभवका लागि सगरमाथाको स्काइ डाइभिङलाई प्रायोजन गर्ने गरेका छन् । केही वर्षअघि यस्तै जोखिमपूर्ण स्काइ डाइभिङ गर्दा एक स्काइ डाइभरका मृत्यु भएको थियो ।

प्रकाशित समय ११:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु