गृहपृष्ठ पर्यटन पुनरुत्थान कार्यदलको औपचारिक उद्घाटन

पर्यटन पुनरुत्थान कार्यदलको औपचारिक उद्घाटन

कोभिड- १९ महामारीका सन्दर्भमा नेपालको पर्यटन पुनरुत्थानका लागि सकारात्मक, सक्रिय र परिणाममूखी भूमिका खेल्न सार्वजनिक निजी साझेदारीको अवधारणाबमोजिम पर्यटन पुनरुत्थान टास्क फोर्स नेपाल स्थापना भएको छ । विश्व पर्यटन दिवसको अवसरमा काठमाडौमा आयोजित एक कार्यक्रमका बीच शनिबार पर्यटन पुनरुत्थान टास्क फोर्स नेपाल औपचारिक उद्घाट्न भएको हो ।

उचित, उत्तरदायी, सुधारोन्मुख तथा रचनात्मक रुपमा पर्यटन क्षेत्रका नेतृत्वदायी भूमिकामा रहेका निर्णयकर्ता तथा नीति निर्माताहरु माझ पर्यटनबारे बुझाइ बढाउन, मुख्य सरोकारवाला निकायहरु बीच परिणाममुखी समन्वय स्थापना गराउन, र देश भित्रका पर्यटन क्षेत्रका सरोकारवालाहरु तथा स्रोत बजारका टुर अपरेटर्स एवं सम्भाव्य पर्यटकहरुबीच विश्वसनीय तथा प्रभावकारी सञ्चार गर्र्ने कार्यमा केन्द्रित रहने गरी कार्यदलले कार्यक्रम तथा गतिविधिहरु सञ्चालन गर्ने बताइएको छ ।

यसका साथै पर्यटनको दिगो तथा छिटो पुनरुत्थानका लागि नेपालमा भइरहेका राम्रा प्रयासहरु तथा आवश्यक तयारीमा सहयोग गर्ने र सकारात्मक सन्देश प्रवाह गर्न आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका कार्यक्रमहरु सम्बन्धित निकायहरुलार्ई सुझाउने एवं सीमित साधन र स्रोत भए पनि केही कार्यक्रमहरु आफैँ सञ्चालन गर्ने कार्यदलले जनाएको छ । कार्यदलका अनुसार पहिचान गरिएका १० वटा च्यानलहरुबाट नेपालका प्रवद्र्धनात्मक तथा सकारात्मक सन्देशहरु नियमित रुपमा सम्प्रेषित गरिनेछ ।

कार्यदलले वेबसाइट धधध।तचतालभउब।िअयm पनि आजैदेखि सूचारु गरेको छ । पर्यटन क्षेत्रमा देखिने कमीहरुलाई घटाउन र हटाउन यो कार्यदल पर्यटन पुनरुत्थान नहुन्जेल सक्रिय रहने बताइएको छ ।

प्रकाशित समय २०:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु