गृहपृष्ठ संरक्षण र सम्वर्द्धनको पर्खाइमा ऐतिहासिक जीतगढी
संरक्षण र सम्वर्द्धनको पर्खाइमा ऐतिहासिक जीतगढी

बुटवलस्थित जीतगढी किल्ला नेपाल अंग्रेज युद्धका कारण चर्चित छ । उक्त किल्लामा भएको युद्धमा नेपाली फौजले अंग्रेज सेनालाई परास्त गरेको थियो ।
बुटवलबाट पश्चिमतर्फ तिनाउ नदीको किनारामा रहेको उक्त किल्लामा कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले अंग्रेज सेनालाई पराजीत गरेको थियो ।
राष्ट्रिय स्वाधिनता जोगाउँने लढाईंमा आफूलाई अब्बल सावित गरेको जीतगढी अहिले संरक्षण र सम्बर्द्धनको पर्खाइमा छ । उक्त किल्लालाई प्रदेश तथा स्थानीय सरकारले खासै महत्व दिएका छैनन् । जसका कारण ‘कौडीमा पनि मिल्कन्छन्, भिल्लका देशमा मणि’झैं भएको स्थानीय वृद्धवृद्धाको टिप्पणी छ ।
बुटवल उपमानगरपालिका र प्रदेश सरकारले संरक्षण तथा प्रर्वद्धनका लागि केही कार्यहरु अगाडि बढाए पनि यसको महत्वको विषयमा अझै पनि प्रदेश र स्थानीय सरकार प्रष्ट हुन नसकेको कतिपयको टिप्पणी छ ।
मुलुकको ऐतिहासिक सम्पदा बुटवलको जीतगढी किल्लालाई राष्ट्रिय धरोहरका रुपमा विकास गर्न सकिन्छ ।
वि.सं. १८७२ बैशाख ७ गते जीतगढीमा अंग्रेज–नेपाल युद्धका क्रममा नेपाली सेनाले विजय प्राप्त गरेको २०४ वर्ष पुगेको छ । सोही सम्झनामा केही वर्षदेखि बुटवल उपमहानगरले जीतगढी विजय उत्सव दिवस समेत मनाउन मनाउन थालेको छ ।
पछिल्लो समय संरक्षणको लागि केही कार्य हुनु राम्रो पक्ष भएको बटौली संरक्षण तथा प्रर्वद्धन समितिका अध्यक्ष रविन्द्र गोपाल लाकौल बताउँछन् । किल्लाको संरक्षणमा राज्यको नजर नपर्दा दिनप्रतिदिन जिर्ण बन्दै गएको उनको दावि रहेको छ ।
युद्ध जीतेर पनि जीतगढी अहिले हारेको अध्यक्ष लाकौल बताउँछन् ।
‘जनप्रतिनिधि आएपछि केही काम त भएको छ, तर यसको संरक्षण जति हुनुपथ्र्यो अहिले सम्म हुन सकेको छैन,’ बटौली संरक्षण सम्बद्र्धन समितिका अध्यक्ष रविन्द्र गोपाल लाकौलले भने ।
जीतगढीलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न गुरुयोजना बनाएर अगाडि बढ्नुपर्ने जीतगढी किल्लाका जानकार संस्कृतिविद् निर्मल कुमार जोशी बताउँछन् । अंग्रेज–गोर्खा युद्धको महत्वपूर्ण इतिहास बोकेको जीतगढी अर्थात उजीर सिंहगढी को संरक्षण गर्नुपर्ने जोशीको भनाइ छ ।
राष्ट्रियता बचाउन नेपाली सेनाले अंग्रेज फौजलाई हराएको जीतगढीलाई राष्ट्रिय अनुसन्धानको संग्राहलय बनाउन सकिने भए पनि यसको प्रबद्र्धनमा ध्यान नजाँदा यो ऐतिहासिक किल्ला अतिक्रमणको चेपुवामा समेत परेको छ । ‘जीतगढीको यथार्थ विवरण संकलन गरेर सरकारले राख्नुपर्छ तब मात्र जीतगढीको विकास हुन्छ,’ उनले भने ।
ऐतिहासिक किल्लामा अंग्रेज फौजलाई परास्त गर्दाका दृश्य र त्यसको व्यवस्थापन गर्न सके पर्यटकहरुको संख्या बढ्ने भए पनि किल्लाको प्रचारप्रचार र विकासमा ध्यान दिएको पाइदैन । किल्ला नजिकै रहेको बस्तीको व्यवस्थापन, तिनाउ नदिबाट हुन सक्ने कटानको रोकथाम गर्न तर्फ पनि सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।
राष्ट्रकै धरोहर बनाउँछौं : नगर प्रमुख सुवेदी
बुटवल उपमहानगरपालिकाले नेपालकै ठूलो राष्ट्रिय झण्डा र स्वर्गीय कर्णेल उजिरसिंह थापाको पूर्ण कदको शालिक राख्ने योजनासहित किल्लालाई राष्ट्रकै धरोहरको रुपमा विकास गर्ने बताएको छ ।
ऐतिहासिक स्थल जीतगढीको महत्वलाई उजागर गर्दै पर्यटकीय स्थलको रुपमा विकास गर्ने उद्देश्यले उपमहानगरपालिकाले ९ फिट उचाईको तामाको पूर्णकदको शालिक र ९ फिट उचाईकै झण्डा बनाएर राख्ने जनाएको छ ।
अहिले उजिरसिंहको उत्तरतर्फ फर्केको अर्धकदको सानो शालिक छ । अब दक्षिणतर्फ फर्केको पूर्ण कदको बन्नेछ । सोही शालिकको छेउँमा विशाल राष्ट्रिय झण्डा फरफराईने छ । दुबै संरचना बनाउन ४४ लाख ५२ हजार ६ सय ८१ रुपैयाँमा ठेक्का सम्झौता भएको छ । जसको केही दिन पहिला शिलान्यास गरिएको छ ।
बुटवल उपमानगरपालिकाका प्रमुख शिवराज सुवेदी जतिगढीलाई राष्ट्रियताको प्रतिक र बुटवलको पहिचानका रुपमा विकास गर्न लागिएको बताउँछन् । उनले संरक्षण र सम्बद्र्धनका काममा स्थानीय समुदायको सहयोगको खाँचो रहेको बताए ।
उजिरसिंहको पूर्ण कदको शालिक र राष्ट्रिय झण्डा राखिने
शालिक र राष्ट्रिय झण्डाको टावर निर्माणका लागि उपमहानगरले हेभन कन्स्ट्रक्सन प्रा.लिसँग उपमहानगरले ठेक्का सम्झौता गरिसकेको छ । दुवै संरचना दुई महिनाभित्र निर्माण सम्पन्न गर्ने सम्झौतामा उल्लेख छ ।
शालिक राख्न जमीनमाथि साढे दुई मिटर अग्लो र त्यसमाथि २५.७६ वर्ग मिटर उचाईको बेसमेन्ट बन्नेछ भने झण्डा राख्न २५ वर्ग मिटर उचाईको बेसमेन्ट बनाइने इन्जिनियर धर्मराज ढकाल बताउँछन् ।
बेसमेन्ट माथि नेपालको राष्ट्रिय झण्डा ४२ फिटको उचाईमा फहराउने छ । शालिकको बेसमेन्टको बाहिरी भाग जीतगढी किल्लामा रहेका पुराना इट्टा जस्तै देखिने गरी इट्टाको आवरण झल्किने गरी बनाइने छ । झण्डाको माथिल्लो टावर स्टिलबाट र भुईको बेसमेन्ट कंक्रिटबाट बन्नेछ ।
जीतगढी किल्लाको बेग्लै ऐतिहासिक र पर्यटकीय महत्व भएकाले यसको संरक्षण, सम्वद्र्धन र विकासका लागि अघिल्लो आर्थिक वर्ष ५० लाख वजेट छुट्याएर काम थालेको र यसपटक एक करोड वजेट विनियोजन गरी गुरुयोजना बनाईराखेको जनाइएको छ ।
जीतगढीको छुट्टै गुरुयोजना निर्माण गरेर जीतगढी युद्ध संग्रहालय, सूचना केन्द्र, पुरानो बुटवल–१ लाई प्राचीन बजार र पुरातात्विक स्थलको रुपमा विकास गर्ने, जीतगढीलाई मणिमुकुन्द सेन र नुवाकोट गढीसम्म जोड्ने योजना रहेको नगरपालिकाले बताएको छ ।
उजिरसिंहको पूर्णकदको शालिक स्थापना र नेपालकै ठूलो राष्ट्रिय झण्डा फहराउन थालेपछि जीतगढी किल्लाको मुहार फेरिने र आकर्षक पर्यटकीय स्थलको रुपमा विकास हुने उपमहानगरको विश्वास छ ।
वडा नं १ का अध्यक्ष महेन्द्र लिगल श्रेष्ठ किल्ला क्षेत्र अतिक्रमण गरेर बनेका घर र अन्य संरचनाहरुलाई उचित मुआब्जा दिएर हटाइने बताउँछन् ।
सुरुङमार्ग बन्ला ?
यद्यपी अहिले पनि जीतगढी क्षेत्रमा स्थानीय तथा सरकारी कार्यालयले समेत अतिक्रमण गरिरहेका छन् । जीगतढीको बाटो सुरुङ्ग मार्ग हुँदै पाल्पाको नुवाकोट सम्म पुग्न सकिने किंवदन्ती छ ।
जसको अध्यायन, अनुसन्धान गरी सुरुङ्ग मार्ग पत्ता लगाएर अगाडि बढ्न सकिएमा उक्त क्षेत्रको कायापलट हुने पक्का छ । प्रदेश सरकारले पनि यस क्षेत्रको विकासको लागि निश्चित बजेत विनियोजन गरी प्रक्रिया अगाडि बढाएको छ । जीतगढीको विकासका लागि प्रदेश सरकारले १ करोड ५० लाख र संघीय सरकारले ५० लाख वजेट विनियोजन गरेका छन् ।
प्रकाशित समय १६:३९ बजे