गृहपृष्ठ किताब अभियानलाई प्रदेश र स्थानीय सरकारको सहयोग
किताब अभियानलाई प्रदेश र स्थानीय सरकारको सहयोग
कर्णाली प्रदेशका दशवटै जिल्ला कारागारमा स्थापना भएको कारागारलाई किताब अभियानका लागी कर्णाली प्रदेश सरकार र स्थानिय सरकारको समेत सहयोग प्राप्त भएको छ । शुक्रबार सामाजिक विकास मन्त्रालय तथा सुर्खेतका विभिन्न स्थानिय तहका पदाधिकारीले सहयोग हस्तान्तरण गरेका हुन् ।
सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले ४ लाख ९९ हजार ३ सय ३८ रुपैयाँ बराबरको १७ सय ५० थान पुस्तक हस्तान्तरण गरेको छ । त्यस्तै वीरेन्द्रनगर नगरपालिकाले १ लाख रुपैयाँ बराबरको १ थान टेबल, १२ थान कुर्सी र २ थान पुस्तकका लागी दराज हस्तान्तरण गरेको हो । त्यस्तै पञ्चपुरी नगरपालिकाले ५० हजार २ सय २५ रुपैयाँ बराबरको ३ सय ७८ थान पुस्तक, बराहताल गाउँपालिकाले ३९ हजार ८ सय ८० रुपैयाँ बराबरको १ सय ३० थान पुस्तक, लेकबेँसी नगरपालिकाले ३० हजार १ सय ३० रुपैयाँ बराबरको १ सय ९९ थान पुस्तक हस्तान्तरण गरेको हो ।
अभियानका लागि भेरीगंगा नगरपालिकाले ३० हजार रुपैयाँ बराबरको ३ थान दराज, गुर्भाकोट नगरपालिकाले ३९ हजार ८ सय ४४ बराबरको १ सय १६ थान पुस्तक, चौकुने गाउँपालिकाले ४९ हजार ९ सय ५४ रुपैयाँ बराबरको १ सय ५१ थान पुस्तक हस्तान्तरण गरेको हो । प्रदेश सरकार तथा स्थानिय सरकारले हाल सम्म कारागारलाई किताब अभियानका लागि ८ लाख ३९ हजार ३ सय ३५ रुपैया बराबरको २७ सय २४ पुस्तक हस्तान्तरण गरेका छन् ।
हालसम्म कारागारलाई किताब अभियानका लागी २७ लाख बराबरको पुस्तक सहयोग प्राप्त भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा कारागारलाई किताब अभियान समितिका संयोजक डिआईजी महेशविक्रम शाहले बताए । उनले यो अभियानलाई कर्णाली प्रदेशका सम्पुर्ण स्थानिय तहहरु तथा सामाजिक विकास मन्त्रालयको सहयोगमा सफल बनाउन सकेको समेत बताए । कार्यक्रमका वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले कर्णालीमा नविन कामको थालनी भएकोले यसले कैदीबन्दीको मानसिकतालाई परिवर्तन गर्ने बताए । त्यस्तै सामाजिक विकास मन्त्रालयका सचिब मानबहादुर बिकेले समेत देशकै नमुना काम कर्णाली बाट भएको बताए ।
प्रकाशित समय ०६:३४ बजे
















