गृहपृष्ठ कर नीतिको विरोधमा ढुवानी बहिष्कार

कर नीतिको विरोधमा ढुवानी बहिष्कार

सरकारले लागु गरेको भिसिएसटी प्रणालीको विरोधमा सुर्खेतमा ढुवानी सेवा बहिष्कार गरिने भएको छ । शनिबार मध्यपश्चिमाञ्चल ट्रक तथा ट्रयाक्टर व्यवसायी संघ सुर्खेतलगायतका विभिन्न ढुवानी व्यवसायीको संयुक्त बैठकले उक्त निर्णय गरेको महासचिव चेतनकुमार थानीले जानकारी दिए ।

सुर्खेतस्थित सम्पूर्ण मालबाहक यातायात व्यवसायी संघ र ट्रान्सपोर्ट व्यवसायीले आ–आफ्नै घरमा वा ग्यारेजमा मालबाहक सवारी साधन थन्क्याएर विरोध जनाउने भएका छन् । निर्णय नसच्याएसम्म आन्दोलनका कार्यक्रम जारी रहने महासचिव थानीले बताए ।

प्रकाशित समय ०६:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु