गृहपृष्ठ कर्णालीबाट पीसीआरका लागि नमूना बाँके पठाउनु नपर्ने

कर्णालीबाट पीसीआरका लागि नमूना बाँके पठाउनु नपर्ने

कर्णाली प्रदेशमा हालसम्म ११ जनामा कोरोना संक्रमण (कोभिड- १९) पुष्टि भएको छ । सोमबार कर्णालीमा ७ जना कोरोना संक्रमित थपिएका छन् । दैलेखको गुराँस गाउँपालिका- ६ का थप दुई जनामा संक्रमण पुष्टि भएको हो । यसैगरी नारायण नगरपालिकाका र ढुंगेधर गाउँपालिकामा गरी अन्य ५ जनामा पनि कोरोना पोजेटिभ देखिएको हो ।

यसअघि कर्णालीमा पीसीआरमार्फत गरिएको परीक्षणमा कोरोना देखिएपछि पुनः परीक्षणको लागि प्रदेश ५ को बाँकेमा नमूना पठाउने गरिएको थियो । तर अब भने कर्णाली प्रदेशमा गरिएको कोरोना परीक्षण नै अन्तिम परीक्षण हुने भएको छ ।

कर्णाली प्रदेश अस्पताल सुर्खेतका डा. केएन पौडेलका अनुसार कम्तिमा पनि ५ जनाको परीक्षणलाई पुनः परीक्षण गरेपछि स्वास्थ्य मन्त्रालयले मान्यता दिने प्रावधान रहेको छ । मन्त्रालयबाट आधिकारिक पत्र आईनपुगे पनि ५ जना सम्मको कोरोना परीक्षणको पुष्टि भएपछि पुनः परीक्षणका लागि बाहिर पठाउन नपर्ने उनले बताए ।

आधिकारिक अनुमति आउन भने बाँकी नै रहेको उनले बताए । अब कर्णाली प्रदेशमा गरिने सबै पीसीआर परीक्षणको नतिजा नै अन्तिम नतिजा हुने उनको भनाइ छ ।

प्रकाशित समय १३:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु