गृहपृष्ठ कर्णालीको प्रि-बजेट आज प्रस्तुत हुँदै

कर्णालीको प्रि-बजेट आज प्रस्तुत हुँदै

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/२०७८ का लागि ल्याउन लागेको बजेटको प्राथमिकता र सिद्धान्त आज संसद बैठकमा प्रस्तुत गर्ने भएको छ ।

कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले आगामी बजेटको प्राथमिकता र सिद्धान्त, उद्देश्यलाई बैठकमा प्रस्तुत गर्ने कार्यतालिका रहेको संसद सचिव जीवराज बुढाथोकीले जानकारी दिए ।

‘यसलाई प्रि-बजेट पनि भनिन्छ,’ उनले भने, ‘मंगलबार र बुधबार प्रि–बजेटमाथी छलफल गरी पारित गर्ने कार्यायोजना छ ।’ उनले आगामी १६ गते नीति तथा कार्यक्रम प्रस्तुत गरिने बताए ।

यसमा सरकारको तयारी पुगेन भने कार्य व्यवस्था समितिको बैठक बसी अर्को मिति तोकिनेसमेत उनले बताए । कर्णाली प्रदेश सभाको बैठक आज ३ बजे बस्दैछ ।

प्रकाशित समय १४:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु