गृहपृष्ठ कविता – निदुलीशास्त्र

कविता – निदुलीशास्त्र

यसो गरौं
आन्दोलन गरौं
सडक आन्दोलन गरौं
क्याविनेटलाई दबाब दिऊँ
आँधीबेहेरी सिर्जना गरौं
ता कि सरकार बाध्य होस् कि
रवातलाई चिठ्ठी लेखोस्,
अझ असंलग्न राष्ट्रहरुको समेत अध्यक्षता गरेर भनोस्
तिम्रो प्राग ऐतिहासिक काइरन युनिभर्सिटीहरु
तु. बन्द गर
काइरन विश्वविद्यालयले बाँडेका डिग्रीहरु
मानता विरोधी छन् ।
जस्तो,
हामी प्रधानमन्त्री हौं, कम्युनिष्ट पार्टीका आध्यक्षहरु हौं
अझैं महान् विद्यार्थी नेता हौं, सडक बाघ हौं ।
उमेर पौने ५० वर्ष मात्रका युवा विद्यार्थी नेता हौं
नागरिक अगुवा हौं ।
सगरमाथा बुद्ध एवं भिखारी देशका
उत्पातै ऐतिहासिक राष्ट्रवादी हौं
र, हाम्रो निष्कर्ष यो छ कि
विद्यालय, विश्वविद्यालयमा
पढनु, ज्ञान, आर्जन गर्नु गलत छ
हाम्रा मौलिक सुतुरमुर्गीय
दृष्टान्तहरु छन्,
जस्तो कि
के हात्ती पढेर ठूलो भको हो र !
हामी भन्छौ के बुद्ध डिग्री पास हुन् र !
के हाम्रा ऋषिमुनिहरुले डिग्री गरेका हुन् र !
हाम्रो ठम्याइ छ नालन्दा र तक्क्षशिला विश्वविद्यालय ऐतिहासिक भुल हुन्,
गुरु पद्म सम्भव र फकिर ऋन्झाइहरु एक फगत गमारहरु हुन् ।
हामीले यो स-प्रमाण भन्दैछौं,
जस्तो डाक्टर बाबुरामको डिग्री
पृथ्वीका लागि अनिष्ट सावित गरिसक्यौं,
र,एनेक्समा लेख्यौ कि !
मात्र विद्या भनेको निदुली बुढीको ज्योतिषशास्त्र हो !!
यो नुतन दर्शन हो ।
त्यसैले हामी यो लकाडाउसंगै सबै
पाठशाला र विश्वविद्यालयमा बन्द गर्दैछौं,
र पो पादरी, भक्तहरुको खाप्चाहरु तयार गरेका छौं,
निदुली दर्शनको गुरुकुलहरु चलाउँछौ,
र एमसिसी भिखको बल्छी आग्लो निकाल्छौं
नुतन ऐतिहासिक राष्ट्रवादलाई कछाड लगाउँछौं
तर, कृपया बन्द गरिदेऊ न तिम्रो
प्रागैतिहासिक काइरन युनिभर्सिटी
जो मोरक्को को रवातमा ठिङ्ग उभिएको छ
र फगत जन्माउँछ तमाम डिग्री धारी खोप्लाङ्गे
डाक्टर बाबुरामहरु र
चुनौती मात्र दिन्छ, अदभूत जोक र अपराध शास्त्रलाई, बरु मोरक्केली कमरेडहरु
आउनुस्
छँदै छ नि
यस महान् भारत वर्षमा जन्मेको नुतन
युगकै महान् निदुलीशास्त्र
अस्तु…

प्रकाशित समय १४:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु