गृहपृष्ठ ६० हजार बालबालिका विद्यालयबाहिर : शिक्षामन्त्री पोखरेल

६० हजार बालबालिका विद्यालयबाहिर : शिक्षामन्त्री पोखरेल

giriraj-mani-pokhrel-newskarobar

 

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराज मणि पोखरेलले नेपालमा अझै ६० हजार बालबालिका विद्यालयको पहुचभन्दा बाहिर रहेको बताएका छन् । उनले विद्यालयको पहुचबारिह रहेका ६० हजार बालबालिकाका लागि संघियताको अनुभव हुने गरि विद्यालयमा ल्याउनका धनुषाका स्थानीय तहका जनप्रतिनिधि तथा शिक्षाका सम्बन्धित कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

जनकपुरमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको सहयोग र जयगोविन्द साह अध्ययन केन्द्रको आयोजनामा भएको विद्यार्थी भर्ना तथा साक्षरता अभिवृद्धि विषयक अन्तरक्र्रियामा शिक्षामन्त्री पोखरेलले यसै शैक्षिक सत्र भित्र आ–आफनो सेवा क्षेत्रभित्र विद्यालय जान उमेर पुगेर पनि विद्यालय जान नसकेका ६० हजार बालबच्चाहरुलाई जसरी पनि विद्यालयभित्र ल्याइसक्नुपर्ने बताए । उनले भने, ‘अहिले विद्यालय आउन नसकेका आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा पछि परेका बालबच्चाहरु रहेकाले त्यस्तालाइ विशेष योजना र कार्यक्रम ल्याएर भए पनि पढ्न पाउने अधिकार सुनिश्चित गरिनुपर्दछ ।’

कार्यक्रममा पोखरेलले भने, ‘भदौ मसान्तसम्म दोस्रो चरणको भर्ना अभियान सकेर अर्को वर्ष हस्ताक्षर अभियान चलाएर नेपाललाई पुर्ण साक्षर देश घोषणा गर्ने योजनामा सवैको सहयोग आवश्यक छ ।’ भर्ना अभियान अन्तर्गत अहिलेसम्म ७ वटा स्थानीय तह पूर्र्ण साक्षर घोषणा भइसकेको उनले जानकारी दिए ।

सरकारले गरिबी र निरक्षरतामाथि हमला गर्दै आमूल परिवतनका निम्ति ‘चाँडै’ संघीय शिक्षा नीति ल्याउन लागेको उनले जानकारी दिए । सबैले आधारभूत तहसम्मको निःशुल्क र अनिवार्य शिक्षा पाउनु पर्नेमा जोड दिए । वि.सं. २०८५ सम्म अनिवार्य शिक्षा हासिल गर्न नसक्नेले बैंकिङ कारोबार गर्न नपाउने चेतावनी दिदै विद्यार्थीलाई विद्यालय नपठाउने अभिभावकहरुलाई समेत कारबाही गरिने बताए ।

सामुदायिक विद्यालयको अवस्था खराब रहेकोप्रति चिन्ता व्यक्त गरे । उनले शिक्षा क्षेत्रका समस्या समाधानका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारले एकअर्कासँग समन्वय गर्नुपर्नेमा जोड दिए । प्राविधिक तथा व्यवसायिक शिक्षामा जोड दिँदै दक्ष जनशक्ति उत्पादनदमा लाग्नु पर्ने मन्त्री पोखरेलको भनाई थियो ।

प्रकाशित समय १६:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु