गृहपृष्ठ वीरेन्द्रनगरमा स्थानीय तहको कार्यविधि अनुसार अनुगमन

वीरेन्द्रनगरमा स्थानीय तहको कार्यविधि अनुसार अनुगमन

anugaman-newskarobar वीरेन्द्रनगरमा गरिएकाे अनुगमन

 

वीरेन्द्रनगर नगरपालिकाले बजार अनुगमन तथा व्यवस्थापन कार्यविधि, २०७४ अनुसार पहिलो पटक बजार अनुगमन गरेको छ ।

वीरेन्द्रनगर नगरपालिकाको बीचबजार तथा बांगेसिमलका करिब ९ वटा खाध्य तथा होटेलहरुमा अनुगमन गरिएको वीरेन्द्रनगर नगरपालिकाका वरिष्ठ अधिकृत प्रकाश पौडेलले बताए । ‘हामीले बजार अनुगमन तथा व्यवस्थापन कार्यविधि, २०७४ अनुसार पहिलो पटक बजार अनुगमन गरेका हौं,’ उनले भने, ‘अनुगमनका क्रममा व्यापारीहरुले मूल्यसूची नराखेको, नवीकरण नगरेको तथा म्याद गएका सामान विक्रीका लागि राखीएको पाइयो ।’

anugaman2-newskarobar
वीरेन्द्र नगरमा गरिएकाे बजार अनुगमन

 

‘पहिलो पटक भएकोले केही सुझाब दिएका छौं,’ पौडेलले थपे, ‘आगामी दिनमा पनी त्यही गल्ती दोहोर्याएमा सामान जफत तथा दण्ड सजायको व्यवस्था गरिने छ ।’ वीरेन्द्रनगर नगरपालिकाले तीजलाई लक्षित गरी छिट्टै कस्मेटिक पसल तथा कपडा पसलहरुमा अनुगमन गर्ने जानकारी पौडलले दिए ।

वीरेन्द्रनगर नगरपालिकाका वरिष्ठ अधिकृत प्रकाश पौडेलको नेतृत्वमा सरकारी टोली अनुगमनमा गएको थियो । जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत उत्तम शर्मा, खाध्य अनुगमन कार्यालयका खाध्य निरीक्षक भेषराज थापा लगाएतको टोलीले संघीयता लागू भएपछि पहिलो पटक वीरेन्द्रनगर नगरपालिकाको कार्यविधि अनुसार अनुगमन गरेको हो ।

तस्बीर सीता वली/न्युज काराेबार

प्रकाशित समय १६:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु