गृहपृष्ठ कम्युनिष्टसँग कार्यगत एकता गरौं : प्रकाशमान सिंह
कम्युनिष्टसँग कार्यगत एकता गरौं : प्रकाशमान सिंह
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न कांग्रेस र कम्युनिष्टबीच कार्यगत एकता गर्न सकिने बताएका छन् । नेता सिंहले आर्थिक समृद्धिका लागि राजनीतिक दलहरु मिल्नैपर्ने धारणा राखे ।
शनिबार गणेशमान सिंहको जन्मजयन्तिको अवसर पारेर काठमाडौंमा आयोजित कार्यक्रममा उनले गणेशमान सिंहले कम्युनिष्टहरुसँग कार्यगत एकता गरेर २०४६ सालको जनआन्दोलन सफल भएको स्मरण गरे । आर्थिक रुपान्तरणका लागि अहिले पनि गणेशमानले रोजेको बाटो अपनाउन सकिने उनको भनाइ छ ।
कार्यक्रममा कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरे ।
प्रकाशित समय १४:३७ बजे

















