गृहपृष्ठ फोटोपत्रकारसँग रिसाए रणवीर सिंह
फोटोपत्रकारसँग रिसाए रणवीर सिंह
बलिउडका चर्चित अभिनेता रणवीर सिंह फोटोपत्रकारसँग रिसाएका छन् । फोटो खिच्न र बाइट लिन आएका पत्रकार गाडीमा चढेपछि रणवीर रिसाएका हुन् । बिहेका लागि इटली जान मुम्बई विमानस्थल पुग्दा पत्रकार उनको गाडीमा चढ्न लाग्दा उनी आक्रोसित भएका हुन् ।
रणवीर सिंह र दिपिका पादुकोण नोभेम्बर १४ मा इटलीको कोमो लेकमा विवाह गर्ने भएका छन् । विवाहका लागि इटली जान रणवीर र दिपिका कारमा एयरपोर्ट गएका थिए । पत्रकारले घेरेर गाडीमा चढ्दै फोटो खिच्न खोज्दा उनी आक्रोसित देखिए तर केही समयपछि सामान्य अवस्थामा आए र अभिवादन स्वीकार गरे ।
विवाहको विषयलाई लिएर रणवीर र दिपिकाका भिडियो सोसल मिडियामा भाइरल भइरहेका छन् । विवाहको सबै खबर मिडियाबाट टाढा राख्ने उनीहरुले बताएका छन् । नोभेम्बरको अन्त्यमा उनीहरु भारत फर्कनेछन् । भारतमा दुई पार्टी दिनेछन् । एउटा पार्टी मुम्बइमा हुुनेछ भने अर्काे बेंग्लोरमा हुनेछ ।
प्रकाशित समय २०:१८ बजे

















