गृहपृष्ठ विदेशको पुँजी स्वदेशमा लगानी गर्न मन्त्री विश्वकर्माको आग्रह

विदेशको पुँजी स्वदेशमा लगानी गर्न मन्त्री विश्वकर्माको आग्रह

Jagat-Bishowkarma-sports-minister-newskarobar

युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले नेपालको आर्थिक विकास र समृद्धि हासिल गर्न विदेशको पुँजी स्वदेशमा लगानी गर्नुपर्नेमा जोड दिएका छन् । पोखराको पर्यटकीय गाउँ कालाभाङ घडेरीमा शनिबार सम्पन्न भएको कास्की समाज अन्तर्राष्ट्रिय समन्वय परिषदको दोस्रो साधारण सभामा मन्त्री विश्वकर्माले विदेशको पुँजीलाई सही ढंगले स्वदेशमा परिचालन गर्नसके आर्थिक विकास र समृद्धि हासिल गर्न सहज हुने बताए ।

पोखरा क्षेत्र साहसिक खेलकुदको हब नै भएको भन्दै मन्त्री विश्वकर्माको पोखरालाई पर्यटनसँगै खेलकुदको क्षेत्रमा पनि प्राथमिकतामा राख्नुपर्ने बताए । समाजका अध्यक्ष पुर्ण तिमिल्सिना, नेपाल संयोजक निरज थापा, सह–संयोजक शोभाखर भण्डारी, अन्तर्राष्ट्रिय उपाध्यक्ष तिलकशाली सापकोटालगायतले कास्कीको विकासका लागि आफूहरु चिन्तित भएको बताए ।

प्रकाशित समय २०:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु