गृहपृष्ठ वित्तीय जनशक्ति विकास गर्न नेपाल र बंगलादेशका संस्थाबीच सहकार्य

वित्तीय जनशक्ति विकास गर्न नेपाल र बंगलादेशका संस्थाबीच सहकार्य

nepal-dhaka-agreement-newskarobar

बैंक तथा वित्तीय क्षेत्रको जनशक्ति विकासका लागि दीर्घकालीन रुपमा सहकार्य गर्न नेपाल र बंगलादेशका दुई संस्था सहमत भएका छन् । वित्तीय जनशक्ति विकासका लागि बैंकिङ फाइनान्स र इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल र बंगलादेश इन्स्टिच्युट अफ बैंक म्यानेजमेन्ट ढाकाबीच सहमति भएको हो ।

बंगलादेश इन्स्टिच्युट अफ बैंक म्यानेजमेन्टको कार्यालयमा बुधबार भएको सहमतिपत्रमा बैंकिङ फाइनान्स र इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालका तर्फबाट अध्यक्ष तथा प्रबन्ध सञ्चालक डा. विनोद आत्रेय र बंगलादेश इन्स्टिच्युट अफ बैंक म्यानेजमेन्टका तर्फबाट डाइरेक्टर जनरल डा. तोफिक अहमद चौधरीले हस्ताक्षर गरेका छन् ।

नेपालका १५ वटा बैंक तथा वित्तीय संस्था र इमर्जिङ नेपाल लिमिटेडले नेपालको वित्तीय क्षेत्रको जनशक्ति विकासका लागि प्रवर्धन गरेको बैंकिङ फाइनान्स र इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालले बंगलादेशको केन्द्रीय बैंकसहित अन्य सरकारी तथा निजी क्षेत्रका बैंकद्वारा प्रवर्धित संस्थासँग सहकार्य गरेको हो । सन् १९७४ मा स्थापित बंगलादेश इन्स्टिच्युट अफ बैंक म्यानेजमेन्टसँगको सहकार्यमा सर्टिफाइड शैक्षिक कार्यक्रम, सेमिनार तथा गोष्ठी, वित्तीय क्षेत्रमा अनुसन्धान तथा परामर्श सेवा प्रदान गरी नेपालको वित्तीय क्षेत्रको जनशक्ति विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिइएको छ ।

बंगलादेश इन्स्टिच्युट अफ बैंक म्यानेजमेन्टले आयोजना गरेको सातौं वार्षिक बैंकिङ सम्मेलनका अवसरमा गरिएको सहमतिमा बैंकिङ फाइनान्स र इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालका सञ्चालक भवानी ढकाल र सुदिप खनाल तथा बंगलादेश इन्स्टिच्युट अफ बैंक म्यानेजमेन्टका विशिष्ट पदाधिकारीहरुको पनि उपस्थिति थियो । बैंकिङ फाइनान्स र इन्स्योरेन्स इन्स्टिच्युट नेपालको वित्तीय क्षेत्रको जनशक्ति विकासका लागि प्रवर्धित संस्था हो ।

प्रकाशित समय २०:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु