गृहपृष्ठ माछापुच्छ्रे बैंक र सिटिजन लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता
माछापुच्छ्रे बैंक र सिटिजन लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी र माछापुच्छ्रे बैंकबीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौता पत्रमा माछापुच्छ्रे बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले हस्ताक्षर गरे ।
सिटिजन लाइफ इन्स्योरेन्स र माछापुच्छ्रे बैंकबीच भएको यो सम्झौताले ग्राहकवर्गका लागि थप सुविधा हुने विश्वास दुवै कम्पनीले लिएका छन् । सम्झौताअनुसार ग्राहकले माछापुच्छ्रे बैंकका सम्पूर्ण शाखाबाट सिटिजन लाइफ इन्स्योरेन्सको जीवन बिमालेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी गर्नलगायत सम्पूर्ण जीवन बिमा सेवा प्राप्त गर्न सक्नेछन् ।
प्रकाशित समय १५:५५ बजे

















