गृहपृष्ठ ७५ करोडको साधारण सेयर निष्कासन गर्दै सिटिजन लाइफ इन्स्योरेन्स
७५ करोडको साधारण सेयर निष्कासन गर्दै सिटिजन लाइफ इन्स्योरेन्स
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले ७५ करोड रुपैयाँबराबरको साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरका ७५ लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो ।
सार्वजनिक निष्कासनका लागि कम्पनीले एनआईबिएल एस क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी दिएको छ । यससम्बन्धी सम्झौतापत्रमा सिटिजन लाइफका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल र एनआईबिएल एस क्यापिटलका नायब प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापाले हस्ताक्षर गरेका छन् ।
अधिकृत पुँजी ३ अर्ब रुपैयाँ रहेको कम्पनीमा संस्थापक सेयरधनीबाट १ अर्ब ७५ करोड रुपैयाँ चुक्ता भइसकेको छ । सर्वसाधारणका लागि छुट्टयाइएको रकम ७५ करोडको सेयर जारी गरेसँगै कम्पनीको चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ ।
सिटिजन लाइफले गत आवमा व्यवसाय वृद्धिसँगै जीवन बिमा कोष १६४ प्रतिशतले र कुल बिमा शुल्क आर्जन ६९ प्रतिशतले बढाएको छ । कम्पनीको जगेडा कोषको आकार पनि २२ करोड ८६ लाखबाट ११७ प्रतिशतले बढेर ४९ करोड ६१ लाख पुगेको छ । त्यस्तै लगानी र बिमालेखको धितो तथा अन्य कर्जाबाट प्राप्त हुने आयमा ३१ प्रतिशत वृद्धि भई ३३ करोड ८३ लाख रुपैयाँ पुगेको छ ।
प्रकाशित समय ११:१९ बजे

















