गृहपृष्ठ श्रष्टा सम्मानसहित जोजिजू म्युजिकल जर्नी

श्रष्टा सम्मानसहित जोजिजू म्युजिकल जर्नी

पोखरा रानीपौवामा रहेको जोजिजू म्युजिक सेन्टर तथा म्युजिक स्कुलले जोजिजू म्युजिकल जर्नी २०७५ को साथमा श्रष्टा सम्मान गरेको छ । पोखरा उद्योग वाणिज्य संघको सभाहलमा घटस्थापनाको दिनमा विशेष सांगीतिक, सांस्कृतिक कार्यक्रम र श्रष्टा सम्मानसहित म्युजिकल जर्नी सम्पन्न भएको स्कुलका निर्देशक गायक विनित जोजिजूले जानकारी दिए ।

गायनको क्षेत्रबाट रामभक्त तथा ईतु जोजिजू, नृत्यको क्षेत्रबाट कर्णबहादुर तथा शान्ति गुरुङको जोडी सम्मान भएका छन् भने संगीत तथा वाद्यवादनको क्षेत्रबाट राजेश क्षत्री सम्मानित भएका हुन् । तीन दशकभन्दा बढी गायन÷संगीत क्षेत्रमा लागेका जोजिजू जोडीलाई स्कुलले सम्मान गरेको हो ।

त्यस्तै, गुरुङ जोडीलाई नृत्यको क्षेत्रमा तीन दशकभन्दा बढी समयदेखि उल्लेखनीय योगदान पुर्याएको भन्दै सम्मान गरिएको हो । क्षेत्री दुई दशकभन्दा बढी समयदेखि संगीत एरेन्जर तथा वाद्यवादनको क्षेत्रमा आबद्ध छन् ।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका उपसभामुख सृजना शर्मा, अग्रज पत्रकार बद्रीविनोद प्रतीक, प्रतिभा छनोट समितिका संयोजक पद्मराज ढकाल, निर्देशक जोजिजू, संरक्षक योगमाया जोजिजू, व्यवस्थापक सानु जोजिजूलगायतले सम्मानित व्यक्तिलाई सम्मानपत्रका साथमा दोसल्ला र फूलमालाले सम्मान गरे ।

प्रकाशित समय १९:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु