गृहपृष्ठ पोखरा-पाल्पा पर्यटक बस सेवा सञ्चालन

पोखरा-पाल्पा पर्यटक बस सेवा सञ्चालन

????????????????????????????????????

विजयादशमीको अवसर पारेर पोखरा–तानसेन पर्यटक बस सेवासुरु भएको छ । पाल्पाली समाजको पहल र तानसेन नगरपालिकाको समन्वयमा संजोग ट्राभल्स प्रालिले पर्यटक बस सेवा सञ्चालनमा ल्याएको हो ।

पोखरा पर्यटन बसपार्कदेखि तानसेनका लागि बुधबार बिहान पर्यटक बस छुटेको छ । सोही समयमा तानसेन टुँडिखेलदेखि पोखराका लागि संजोगको पर्यटक बस पोखराका लागि गुड्यो । सेवा शुभारम्भका अवसरमा पर्यटन बसपार्कमा आयोजित कार्यक्रममा पर्यटन बोर्ड पोखराका वरिष्ठ अधिकृत सूर्य थपलियाले सेवा सुरुसँगै दुई सहरबीच पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने विश्वास व्यक्त गरे ।

संजोग ट्राभल्सका अध्यक्ष सनतकुमार श्रेष्ठले अब पोखरा–पाल्पाको पर्यटन प्रवद्र्धन हुने बताए । उनले सेवालाई निरन्तरता दिने प्रतिबद्धतासमेत जनाए । कार्यक्रममा पोखरा पर्यटन परिषद् अध्यक्ष चिरञ्जीवी पोखरेल, नाट्टा क्षेत्रीय संघ पोखराका अध्यक्ष सन्तोष पोखरेलले बस सेवाको निरन्तरताको कामना गर्दै यसले पर्यटन प्रवद्र्धनमा गतिलो टेवा दिने धारणा राखे ।

पाल्पाली समाज पोखराका अध्यक्ष कुलप्रसाद घिमिरेले वर्षौंदेखिको पाल्पालीको सपना आज पूरा भएको बताए । समाजका पूर्वअध्यक्ष एवं सल्लाहकार चिरञ्जीवी श्रेष्ठले समाजको अनुरोधमा संजोगले सेवा सुरु गरेकोमा धन्यवाद दिए । बसको पहिलो टिकट काट्ने यात्रु अम्बिका न्यौपानेलाई माला लगाई सम्मान गरियो । पोखरा र तानसेनको दूरी करिब सय २० किमीमात्र छ । बस दैनिक बिहान ८ बजे पर्यटक बसपार्कदेखि छुट्नेछ ।

समाजले गत भदौमा पोखरा–पाल्पाबीच पर्यटन प्रवद्र्धन गर्ने विषयमा तानसेनमा पुगेर सरोकारवाला निकायबाट अन्तक्र्रिया गरेको थियो । त्यसको पहिलो चरणमा पर्यटक बस सेवा सुरु भएको हो ।

प्रकाशित समय १९:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु