गृहपृष्ठ सुर्खेतमा बागीना साँझको अायोजना
सुर्खेतमा बागीना साँझको अायोजना
दुई दशक भन्दा बढी समयदेखि सुर्खेतलगायत कर्णाली प्रदेशको कला संस्कृतिको संरक्षण गर्दै आएको बागीना समूह सुर्खेतले मंसिर २७ गते बागीना साँझको आयोजना गर्ने भएको छ ।
बागीना साँझको बारेमा मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ । पछिल्लो समय सुर्खेतमा सांगीतिक माहोल सुनसान हुँदै गएको भन्दै बागीनाले सांस्कृतिक जागरण ल्याउने उदेश्यले कार्यक्रम गर्न लागेको बागीना समुहका अध्यक्ष गोबिन्द काइरालाले जानकारी दिए ।
२७ गते साँझ ५ बजेदेखी २ घण्टाभन्दा बढी समय सञ्चालन हुने कार्यक्रममा बागीनाको प्राङ्गणमा खुल्ला रुपले प्रस्तुति हुने संयोजक नन्दा बस्यालले जानकारी दिईन् । कर्णाली प्रदेशकमा मुख्यमन्त्री , मन्त्री , सांसद लगायत अन्य बिशिष्ट व्यक्तिहरु उपस्थित हुने कार्यक्रममा यस क्षेत्रका विभिन्न भेषभुषा जातजापतका पहिचान झल्कने मौलिक नृत्य प्रर्दशन गरिने संयोजक बस्यालले बताइन् ।
कार्यक्रममा सुर्खेतबाट राष्ट्रिय स्तरसम्म परिचित कलाकारहरु गायिका टिका पुन, शिव संगीत, मोडल दिपाशा बिसी हास्यकलाकार संध्या बुढा (काउली बुढी) लगायतको प्रस्तुती रहने संयोजक बस्यालले जानकारी दिइन् ।
प्रकाशित समय १७:१७ बजे
















