गृहपृष्ठ ढाका टोपी दिवस प्रबर्द्धन गर्न न्यू इयर इभ
ढाका टोपी दिवस प्रबर्द्धन गर्न न्यू इयर इभ
सोमबार काठमाडौमा न्यू इयर इभसहितको सांगितिक कार्यक्रम हुने भएको छ । सो अवसरमा यम बराल, प्राश्ना शाक्यलगायत आधा दर्जनभन्दा बढी कलाकारले प्रस्तुती दिनेछन् ।
अंग्रेजी नयाँ वर्षको अवसर पारेर आयोजना गर्न लागिएको सांगीतीक कार्यक्रम सोमबार साँझ बत्तीस पुतलीस्थित होटल इम्पेरियलमा हुने छ । कार्यक्रममा सांगितीक प्रस्तुतीसहित नृत्य तथा स्ट्यान्डअप कमेडी समेत प्रस्तुत गरिने आयोजकले जनाएको छ ।
पर्यटन प्रवर्द्धनका लागि लागि पनि यो कार्यक्रम महत्वपूर्ण हुने दावी गर्दै जनवरी १ मा मनाइने नेपाली ढाका टोपी दिवसलाई समेत यो कार्यक्रममार्फत् प्रवर्द्धन गरिने आयोजकहरूले बताएका छन् ।
प्रकाशित समय २०:१४ बजे

















