गृहपृष्ठ ब्राउन सुगरसहित दुई युवा प्रक्राउ

ब्राउन सुगरसहित दुई युवा प्रक्राउ

pakrau-arrest-newskarobar

जुम्लामा ब्राउन सुगरसहित दुई जना युवा पक्राउ परेका छन् । अवैध रुपमा ब्राउन सुगर ओसार पसार गरेको सुराकीको आधारमा ति युवालाई प्रक्राउ गरिएको जिल्ला प्रहरीले कार्यालय जुम्लाले जानकारी दिएको छ ।

प्रक्राउ पर्नेमा चन्दननाथ नगरपालिका-४ मालाभिडका २३ वर्षीय दिप बहादुर खत्री र चन्दननाथ नगरपालीका-३ डाँडाकोटका २५ वर्षीय सूर्य नेपाली छन् ।

खत्रीलाई ६ मिलीग्राम ब्राउन सुगरसहित प्रक्राउ गरिएको हो भने नेपालीलाई गाउँ नजिकैको खेतबाट यहि १३ गते प्रक्राउ गरिएको डिएसपि सिताराम सिजालले बताए । नेपालीको शरीर खान तलासी गर्दा पनि ६ मिलिग्राम ब्राउन सुगर बरामत गरिएको प्रहरीको भनाइ छ ।

डिएसपी सिजालका अनुसार जुम्लामा एकै पटक ब्राउन सुगरसहित युवा प्रक्राउ पर्नुले जुम्लामा ब्राउनसुगर प्रयोगकर्ताहरुको संख्या बढीरहेको संकेत गरेको छ । ‘जुम्लाको लागि राम्रो संकेत होइन,’ उनले भने, ‘यसमा ठूलै सञ्जाल सक्रीय रहेको हाम्रो अनुमान छ । यस विषयमा अनुसन्धान गरिरहेका छौं ।’

प्रकाशित समय २०:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु