गृहपृष्ठ जापानी शैलीमा लिखित श्रीराम श्रेष्ठका तीन कृति सार्वजनिक
जापानी शैलीमा लिखित श्रीराम श्रेष्ठका तीन कृति सार्वजनिक
साहित्यकार श्रीराम श्रेष्ठद्वारा जापानी शैलीमा लेखिएका तीनवटा साहित्यिक कृतिहरु डोब, लकडाउन र नांगो सपना विमोचन गरिएको छ । जापानी साहित्यमा प्रचलित शैलीहरु डोडोइट्सु डोबमा, बुसोकुसेकिका नांगो सपनामा र सेडोका लकडाउन नामक कृतिमा प्रस्तुत गरिएको छ ।
शिक्षा सचिव एवं साहित्यकार गोपिनाथ मैनाली, वरिष्ठ साहित्यकार पुष्कर लोहनी, साहित्यकार लव गाउँले र वाल्मिकी क्याम्पसका उपप्राध्यापक टेकनाथ दाहालले संयुक्त रुपमा कृतिको शुक्रबार अनावरण गरेका हुन् । विमोचित कृतिका विषयमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि गोपिनाथ मैनालीले कृतिहरु नेपाली साहित्यमा जापानी शैलीको नौलो प्रस्तुती रहेको उल्लेख गरे । जापानी शैलीका कविताहरु र जापानी जीवनशैलीबारे उनले चर्चासमेत गरे ।
यसैगरी समालोचक टेकनाथ दाहालले कृतिमा समसामयिक चेतना तथा लेखकीय अनुभूतिको राम्रो प्रस्तुति रहेको उल्लेख गरे । यस्तै वरिष्ठ साहित्यकार पुष्कर लोहनीले जापानी शैलीका कविताका सैद्धान्तिक पक्षका बारेमा चर्चा गरेका थिए । यस्तै कृतिकार श्रीराम श्रेष्ठले कृतिका रचनागर्भका बारेमा आफ्ना भनाइ राखेका थिए ।

प्रकाशित समय १४:३४ बजे

















