गृहपृष्ठ भानु जयन्ती सप्ताहव्यापी रुपमा मनाइने
भानु जयन्ती सप्ताहव्यापी रुपमा मनाइने
नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको सम्मान तथा स्मरणमा सप्ताहव्यापी रुपमा मनाईने भएको छ । भानु प्रतिष्ठानले सप्ताहव्यापी रुपमा भानु जयन्ती मनाउने भएको हो ।
प्रतिष्ठानले दिएको जानकारी अनुसार विगतदेखिकै परम्परालाई निरन्तरता दिँदै यस वर्ष पनि सप्ताहव्यापी रुपमा भानु जयन्ती मनाउन लागिएको हो । प्रतिष्ठानले प्रभातफेरी, श्रद्धाञ्जली सभालगायतका कार्यक्रमको आयोजना गरी भानु जयन्तीलाई राष्ट्रिय समारोहको रुप दिने निर्णय गरेको छ ।
प्रभातफेरी तथा नगरपरिक्रमा कार्यक्रममा भानुभक्त सम्बन्धी कार्यमा विशेष योगदान दिने व्यक्तिलाई सम्मान तथा रथारोहण गराईने प्रतिष्ठानले जानकारी दिएको छ । यस वर्ष भने वरिष्ठ समालोचक तारानाथ शर्मा र भारतीय विद्वान सत्यप्रकाश तिवारीलाई सम्मान गर्ने निर्णय गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रदान गर्ने प्रतिभा पुरस्कार यस वर्ष असार २७ गते वितरण गरिने भएको छ । यसै गरी नेपाली शिक्षा परिषद्ले प्रदान गर्ने भानु पुरस्कार असार २९ गते प्रदान गरिने छ । नेपाली भाषा, साहित्य र संस्कृतिको संवर्धनमा व्रिmयाशीय स्रष्टाहरूलाई प्रदान गरिने अन्य पुरस्कारहरू पनि भानु जयन्तीका अवसरमा प्रदान गरिँदै छन् ।
असार २९ गते नै मदन भण्डारी कला प्रतिष्ठानले हिमवत् खण्ड कला, साहित्य सम्मिलन कार्यव्रmम समुद्घाटन गर्ने तयारी गरेको छ । तिन दिनसम्म चल्ने उक्त कर्यव्रmम अन्तर्गत ३० गते भाषा, साहित्य सम्बन्धी कार्यशाला गोष्ठी र विविध सांस्कृतिक कार्यव्रmम तथा ३१ गते चन्द्रागिरीमा विशेष कविगोष्ठी आयोजना गरिने छ ।
भानु प्रतिष्ठानले यस वर्ष सप्ताहव्यापी कार्यव्रmम अन्तर्गत असार २८ गते बिहान भानु साहित्यिक दौड र रामायण सङ्कीर्तन तथा असार ३२ गते विशेष कविगोष्ठी आयोजना गर्ने भएको छ । त्यसैगरी एपेक्स लाइफ स्कुल, सरस्वती नगर र रिभेरा इन्टरनेसनल स्कुल, चाबहिलसँग सहकार्य गरी वक्तृत्वकला र कविता लेखन प्रशिक्षण सहित कविता वाचन प्रतियोगिताहरू पनि आयोजना गर्नेछ ।
यसै गरी भानु जयन्तीका अवसरमा लिटिल एन्जेल्स स्कुलले अभिनयात्मक कविता वाचन कार्यव्रmम, भ्याली भ्यू स्कुलले कविता प्रतियोगिता आयोजना गर्ने बताएका छन् । यस वर्ष असार २९ गते चितवनको आदिकवि भानुभक्त मा.वि.ले विद्यालयको स्वर्ण जयन्ती प्रभातफेरी सहितका विविध कार्यव्रmम आयोजना गरी मनाउने तयारी गरेको छ ।
असार २९ गते भानु जन्मस्थल तनहुँ, काँकरभिटा, विराटनगर, हेटौँडा, चितवन, पोखरा, भैरहवा, वाग्लुङ, धनगढी, महेन्द्रनगरलगायतका स्थानमा प्रभातफेरी सहित नगर परिव्रmमा गरी श्रद्धाञ्जली सभा आयोजना गर्ने तयारी गरिएको छ ।
प्रकाशित समय १९:२० बजे