गृहपृष्ठ डीएफआईडीका नेपाल प्रमुख डा. रुरिक मार्सदेन र मुख्यमन्त्रीबीच भेट

डीएफआईडीका नेपाल प्रमुख डा. रुरिक मार्सदेन र मुख्यमन्त्रीबीच भेट

chief-minister-office-pradesh-5

बेलायती अन्तर्राष्ट्रिय विकास नियोग (डीएफआईडी)का नेपाल प्रमुख डा. रुरिक मार्सदेनले प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई भेट गरेका छन् । भेटमा डा. मार्सदेनले प्रदेश सरकारका प्राथमिकताबारे जानकारी लिएका छन् ।

मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सरकारले अहिले कानुन निर्माणलाई तीव्रता दिइरहेको र प्रादेशिक योजना आयोग बनाएर प्रादेशिक योजना निर्माण गरिरहेको जानकारी गराएका छन् । मार्सदेनले डीएफआईडीले स्वास्थ्य क्षेत्रमा काम गरिरहेको तथा प्रदेश सरकारका प्राथमिकतामा र व्यवस्थित सहरीकरणका निम्ति प्रदेश सरकारसँग सहकार्य गर्न तयार रहेको बताएका थिए । मुख्यमन्त्रीले चालू परियोजनाबारे समीक्षा गर्न आग्रह गर्दै समुदायलाई लाभ पुग्ने र नतिजा दिने विकास परियोजनामा आगामी दिनमा छलफल गर्दै अघि बढ्न सकिने बताएका थिए ।

प्रकाशित समय १९:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु