गृहपृष्ठ नेपाललाई पहिलो स्वर्ण कराँतेमा
नेपाललाई पहिलो स्वर्ण कराँतेमा
१३औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले पहिलो स्वर्ण पदक जितेको छ । नेपालका लागि पहिलो स्वर्ण पदक कराँतेको पुरूष एकल काताबाट प्राप्त भएको हो ।
मण्डेकाजी श्रेष्ठले पाकिस्तानी खेलाडी निएमातुलिएहलाई २५.७२-२४.९२ अंकले पराजति गर्दै स्वर्ण जितेका हुन् । कराँतेमै व्यक्तिगत काता महिलातर्फ यसअघि चञ्चला दनुवारले रजत पदक जितेकी थिइन् । योसँगै नेपालले एक स्वर्ण र १ रजत जितेको छ ।
प्रकाशित समय ११:२२ बजे

















